प्रतिनिधिसभा बैठक: साउन ८ गते सम्मका लागि स्थगित

69
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक बस्दै नबसी स्थगित भएको छ ।
दिउँसो एक बजेका लागि तय भएको बैठक साउन ८ गते सम्मकालागि सारिएको हो ।

संघीय संसद सचिवालयले सोमबार सूचना प्रकाशित गरी बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमनसमेत गर्नका लागि सांसदहरु आ– आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएकाले बैठक ८ गते बुधबार १ बजे बस्ने गरि निर्धारण गरिएको जनाएको छ ।

सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले बाढीपहिरोले पुरयाएको क्षति र राहत तथा उद्धारबारेको सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।

उक्त प्रस्ताव दर्ता भई छलफल हुँदा सरकारको आलोचना हुने भएकाले सभामुख कृष्णबहादुरमहराले बैठक स्थगित गरेको आरोप कांग्रेस नेताहरुले लगाएका छन् ।


  •  
  •  
  •