गुठी विद्येयक फिर्ता गर्न औपचारिक पत्र दर्ता

272
  •  
  •  
  •  

काठमाडौं । गुठी विधेयक फिर्ताका लागि राष्ट्रियसभा सचिवालयमा औपचारिक पत्र दर्ता गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिन सचिवालयमा पत्र दर्ता गराएकी हुन् ।

विधेयकको विरोधमा आन्दोलन चर्केपछि मन्त्री अर्यालले विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन् ।  विधेयक फिर्ता घोषणा गरेपनि प्रक्रिया भने अघि नबढेको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको थियो ।

राष्ट्रियसभामा विचाराधीन विधेयक फिर्ता लिन सरकारले औपचारिक निर्णय गरेर प्रस्ताव पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रस्ताव सदनले स्वीकृति गरेपछि मात्रै औपचारिक रुपमा विधेयक फिर्ता हुनेछ ।


  •  
  •  
  •