प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो : सभापति देउवा

87
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बोल्न पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका छन् ।

फाइल तस्बिर

मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो । अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै छ ।’

उनले भने, ‘पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?’

प्रधानमन्त्री भन्दा पहिला बोल्न पाउनुपर्ने माग गर्दै कांग्रेसले मंगलबारको संसद अवरुद्ध गरेको थियो ।
प्रधानमन्त्री बोल्न पुगेपछि कांग्रेसले रोष्ट्रम घेरी अवरोध गरेको थियो ।

प्रधानमन्त्री ओलीले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयमा सदनलाई जानकारी गराउने कार्यसूची थियो । बैठक बुधबार सम्मका लागि स्थगित गरिएको छ ।


  •  
  •  
  •