शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

814
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकस्थगित भएको छ । पूर्व शिक्षामन्त्री धनीराम पौडलको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको हो ।

पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा हृदयघातका कारण निधन भएको थियो । उनी २०७३ सालमा तत्कालीन माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका शिक्षामन्त्री थिए ।


  •  
  •  
  •