संसद बैठक : कांग्रेसको अवरोधपछि स्थगित

274
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएका छ ।

आइतबार माइतीघर मण्डलमा गुठी विधेयकको विरोधमा उत्रिएका नागरिकमाथि सरकारले हस्तक्षेप गरेको भन्दै कांग्रेस सांसदहरुले गृहमन्त्री रामबहादुर थापाको जवाफ मागेका थिए ।

गृहमन्त्रीको जवाफ नआई बैठक चल्न नसक्ने अडान लिएपछि सभामुख कृष्णबहादुर महराले गृहमन्त्री बैठकमा उपस्थित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने बताए ।

कांग्रेस सांसदहरुले भने सभामुखको आग्रह नमानेपछि १५ मिनेटका लागि संसद बैठक स्थगन गरिएको हो ।


  •  
  •  
  •