राजापाद्वारा सरकारको ध्यानाकर्षण

229
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा)ले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा राजपाका सांसद प्रमोद शाहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संशोधनको विषय उठिरहेको भन्दै अहिलेसम्म सम्बोधन नभएको बताए ।

उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्छु भनिरहँदा पनि अझैसम्म संविधान संशोधन प्रक्रिया अघि नबढाएको उनको भनाइ छ ।
सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भएर बसेको आरोप लगाए ।

राज्यको विभेदकारी नीति विरुद्ध सरकारलाई संविधान संसोधनका लागि रुलिङ गर्न सभामुखसँग उनले आग्रह गरेका थिए ।

संविधान भन्दा माथि गएर लोकसेवा आयोगले विज्ञापन गरेको तथा राष्ट्रपति र उपराष्ट्रपति भिन्न दलको हुनुपर्नेमा एउटै दलको भएको भन्दै उनले संविधान कार्यान्वयनतर्फ सरकारलाई सचेत गराए ।
सरकारले संघियताको मर्म र भावना विपरित आफ्ना कार्यक्रम अघि बढाएको उनले बताए ।

सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुखले सांसद प्रमोद शाहलाई बोल्नका लागि समय दिएका थिए ।
बैठक अहिले बसिरहेको छ ।


  •  
  •  
  •