विज्ञापन नियमन गर्ने विधेयक पारित

349
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : राष्ट्रियसभाको आजको बैठकले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई पारित गरेको छ ।
बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथिको छलफल पछि संसोधन सहित विधेयकलाई बहुमतले पारित गरेको हो ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनको १ देखि १६ सम्मका संशोधित बुँदासहित विधेयक पारित भएको छ ।
यसअघि विधायन समितिको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको सन्र्दभमा नयाँ र नगरिन हुने विषय भएकाले व्यवहारमा प्रभाव पारेका विषयलाई मात्रै विधेयकमा उल्लेख गरिएको बताएका थिए ।

बैठकमा उनले कानूनबाट नै बाध्यकारी बनाउनका लागि सजायको व्यवस्थालाई त्यही ढंगले राखिएको भन्दै आवश्यकताका आधारमा संशोधन गर्दै लैजान सकिने बताए ।


  •  
  •  
  •