राजपाद्वारा संसद अवरोध

340
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपालले आइतबारको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।
गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले आजपनि बैठक अवरुद्ध गरेको हो ।
बैठक शुरु हुनसाथ राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए ।


बैठकमा राजपाका नेता लक्ष्मलाल कर्णले गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दा समेत सरकारले सुनुवाई नगरेको बताए ।
उनले प्रतिवेदन सार्वजनिक नभएसँग संसद बैठक अवरोध गरिराख्ने बताएका थिए ।
उनले सरकारले पटक पटक आश्वासन दिए पनि गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले आजको संसद बैठक पनि अवरुद्ध गर्ने बताए ।
लगत्तै राजपा सांसदहरु सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरेका छन् ।


  •  
  •  
  •