संघीय संसदको बजेट अधिवेशन आजदेखि अन्त्य हुँदै

429
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : संघीय संसदको बजेट अधिवेशन आइतबारबाट सकिँदैछ ।  प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । यस्तै राष्ट्रिय सभाको अहिले बसिरहेको छ ।

पुस ११ देखि शुरु भएको हिउँदे अधिवेशनमा प्रतिनिधि सभातर्फ २३ वटा विधेयक दर्ता भएका थिए । त्यसमध्ये दुवै सदनबाट १३ विधेयक पारित भई प्रमाणीकरण भएका छन् ।

राष्ट्रिय सभातर्फ सात विधेयक दर्ता भई तीन वटा प्रमाणीकरण भएका छन् । प्रतिनिधिसभातर्फ १० विधेयक पारित हुन बाँकी छन् भने राष्ट्रिय सभामा दर्ता भएका विधेयक मध्ये ४ विधेयक पारित हुन बाँकी रहेका छन् ।


  •  
  •  
  •