संसद बैठक : चार वटा विधेयक प्रस्तुत हुँदै(LIVE)

263
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन(ओएनएस) : प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ ।
आजको बैठकमा ४ वटा विधेयकहरु प्रस्तुत हुँदैछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति अन्त्री मातृकाप्रसाद यादवले ‘सेफ गार्डस्, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ तथा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्त विधेयक, २०७५’ प्रस्तुत गर्ने सम्भावित कार्यतालिका छ ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टाराईका अनुसार आजै मन्त्री यादवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहित विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ पनि छलफल तथा पारितका लागि संसदमा पेस हुनेछ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहित भू–उपयोग विधेयक, २०७५’ लाई छलफल तथा पारितका लागि निर्णयार्थ पेस गर्ने कार्यतालिका छ ।
हेर्नुहोस्


  •  
  •  
  •