एमाले र रास्वपाले मागे यातायातमन्त्री ज्वालाको राजीनामा

102
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै गत १३ पुसमा ललितपुरको बालकुमारी घटनामा यातायातमन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष आएपछि एमाले सांसद सचेतक महेश गौर्तौलाले उनको राजीनामा मागेका हुन्। बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवाको ज्यान गएको थियो।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका छन्। बैठक सुरु भएलगत्तै एमाले र रास्वपाका सांसदले उठेर संसदमा विरोध जनाएका थिए।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले गरेको प्रश्नको जबाफ दिने कार्यसूची छ।


  •  
  •  
  •