प्रतिनिधिसभा बैठकमा खानेपानी मन्त्रीसँग प्रश्नोत्तर

441
  •  
  •  
  •  

काठमाडौं, १० फागुन(ओएनएस) : प्रतिनिधिसभाको आजको बैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग प्रश्नोत्तरको कार्यतालिका रहेको छ ।

संघीय संसदको सचिवालयका अनुसार मन्त्री मगरसँग सांसदहरुले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरु गर्न सक्ने छन् ।
मन्त्री मगर मन्त्रालयको पछिल्लो गतिविधिको जानकारीसहित संसदमा प्रस्तुत हुन लागेकी छन् । बैठक दिउँसो १ बजे बस्दैछ ।

बैठकमा मन्त्री मगरले सम्हालेको मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्ले प्रश्न राख्ने र मन्त्रीले त्यसको जवाफ दिने छिन् ।

खानेपानी मन्त्रालय पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र सचिव गजेन्द्र ठाकुरको सरुवाले चर्चामा छ । शुक्रबारका लागि तय गरिएको प्रश्नोत्तर श्रृंखलामा सांसद्हरुले यही विषयबारे जिज्ञासा राख्ने बताइएको छ ।


  •  
  •  
  •