संसद बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदै

47
  •  
  •  
  •  

काठमाडौं, २९ माघ(ओएनएस) : प्रतिनिधिसभाको आजको बैठकमा सडक सुरक्षा सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदैछ ।

सवारी साधन दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको भन्दै कांग्रेस सांसद डिला संग्रौलाले दर्ता गरेको प्रस्तावमा छलफल हुन लागेको हो ।

सडक गुणस्तरीय बनाउनुपर्ने, सवारी साधन सुरक्षित तवरले चलाउनुपर्ने, र नागरिकको जीउ ज्यानको सुरक्षा सरकारले गर्नुपर्ने माग सहित संग्रौलाले गत पुस २३ गते प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएकी थिइन् ।
प्रस्तावमा २५ वर्ष पुरानो सवारी तथा यातायात सम्वन्धी ऐन र नियमावली अध्यावधिक गर्नुपर्ने माग गरिएको छ ।

बैठकमा नेपालको संविधान अनुकुल बनाउने केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने कार्यसूची समेत रहेको छ ।

संविधान अनुकुल बनाउनुपर्ने विभिन्न १ सय नौ वटा विषय समेटिएको सो विधेयक सरकारले गत पुस २० गते संसद सचिवालयमा दर्ता गराएको थियो । आजको बैठक १२ बजे बस्दैछ ।


  •  
  •  
  •