एमालेको अवरोधकै बीच विनियोजन विधेयक पारित

65
  •  
  •  
  •  


काठमाडौं । एमाले अवरोधकै बीच संसदमा विनियोजन विधेयक पारित भएको छ । आजको बैठक पनि एमालेको अवरोधकै बीच सुरु भएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए ।

मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो । अर्को बैठक असोज ४ गते बस्ने छ ।


  •  
  •  
  •