फागुन २३ मा संसद बैठक बोलाउन सिफारिस

83
  •  
  •  
  •  

काठमाडौं । सरकारले फागुन २३ गते संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद अघिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गत मंगलबार संसद पुनर्स्थापना गर्ने फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाससले १३ दिन भित्र संसद बैठक राख्न सरकारका नाममा आदेश जारी गरेको थियो ।  सर्वोच्च अदालतले दिएको समय सीमा अनुसार बैठक फागुन २४ गतेभित्र बस्नुपर्ने थियो । त्यसको एक दिन अघि बैठक बोलाउन सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठक बोलाउने सन्दर्भमा बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलसमेत गरेका थिए ।


  •  
  •  
  •