राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

214
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु संसद अधिवेशन अन्त्य गरेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेर अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिकहाँ सिफारिस पठाइएको थियो ।

फाइल तस्बिर

सोही सिफारिस अनुसार राष्ट्रपतिले बिहीबार साँझ ५ बजेबाट संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसदको दुवै सदनको चालु अधिवेशन अत्य गरेकी हुन् । बिहीबार साँझ ५ बजे लागू हुनेगरी राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए ।

वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो ।

कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक केही विधेयकहरु पनि पारित गरेको छ ।


  •  
  •  
  •