आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुँदै

76
  •  
  •  
  •  

काठमाडौं । संसदको दुवै सदनमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुन लागेको हो । दुवै सदनको बैठक बिहान ११ बजे बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेश गर्नेछन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

संसदीय प्रचलन अनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे दुई दिन छलफल गर्ने तयारी छ । सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले मंगलबार दिने कार्यतालिका छ ।

नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट ल्याउने बाटो खुल्नेछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्छ ।


  •  
  •  
  •