सांसद नविना लामाले लिइन् अार्इजीपी खनालमाथि यस्ताे एक्सन!

483
  •  
  •  
  •  

काठमाडौं, १८ असाेज (ओएनएस) : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक(अार्इजीपी)सर्वेन्द्र खनालको राजिनामा माग गर्दै गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझाइएको छ ।

नेकपाकी प्रतिनिधिसभा सदस्य नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार गृहमन्त्री बादललाई ज्ञापनपत्र बुझाउँदै महानिरीक्षक खनालको राजीनामा माग गरेका हुन् ।

बिहीबार गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारमा ज्ञापन पत्र बुझाउँदै दुवै संगठनका नेतृत्वले सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेपछि त्यसको नेतृत्व लिएका महानिरीक्षक खनाललाई तत्काल बर्खास्त गर्न गृहमन्त्री थापालाई दवाव दिएका हुन् । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी महानिरीक्षक खनालले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको अनुरास्ववियूकी अध्यक्ष नविना लामाले जानकारी दिइन् ।

उनीहरुले वर्तमान प्रहरी नेतृत्वले जनताको जीउ धनको सुरक्षा गर्न नसकेको र सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन नसकेको भन्दै महानिरीक्षक खनालको राजिनामा माग गरिएको ज्ञपान पत्रमा उल्लेख गरिएकाे छ।


  •  
  •  
  •