संसद अधिवेशनको कार्यसूची तय गर्न सर्वदलीय बैठक

344
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : राष्ट्रिय दलको मान्यता प्राप्त पाँच दलबीच सोमवार शुरु हुने संसद अधिवेशनको कार्यसूची तय गर्न सर्वदलीय बैठक शुरु भएको छ ।
बैठकमा भोलि शुरु हुने संसद अधिवेशनको कार्यसूची तय गर्ने मुख्य एजेण्डा रहेको सचिवालयका प्रवक्ता डा भरत गौतमले जानकारी दिए ।

संघीय संसद सचिवालयको आह्वानमा संसद भवन नयाँ वानेश्वरमा शुरु बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाका प्रतिनिधि उपस्थित छन् ।

यसअघि भएको सर्बदलीय बैठकमा दलका प्रतिनिधिहरुले सम्भावित कार्यसूचीको खाका पेश गर्न सुझाव दिएका थिए ।

 


  •  
  •  
  •