संखुवासभा हत्याकाण्ड: अभियुक्त सार्वजनिक

278
  •  
  •  
  •  

काठमाडौं । संखुवासभा मादी-१ मा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ ।

वडा नम्बर १ का तेजबहादुर कार्कीसहित ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हाे ।  भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिसकेपछि इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको हो ।

आफूमाथि गरेको अपमानको बदला लिन सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अन्यको हत्या गरेको बयान उनले दिएका प्रहरीले जनाएकाे छ ।

शुक्रबारदेखि प्रहरी नियन्त्रणमा रहेका उनले शनिबार बिहान घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । आफूले तेजबहादुरलाई मात्रै हत्या गर्ने योजना बनाएको भए पनि अरुले देखेपछि घटना लुकाउन थप हत्या गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष टोलीले चलाएको संयुक्त अप्रेसनले प्रहरी दोषी नजिक पुग्न सफल भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रुगम कुँवर र  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको नेतृत्वमा टोली खटिएको थियो ।


  •  
  •  
  •