भेटियो चोरी भएको बहुमूल्य दाहिने शङ्ख

141
  •  
  •  
  •  

जुम्ला । जुम्लामा हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहिने शङ्ख भेटिएको छ । २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शंख भेटाएको हो ।

तीन दिनअघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका दश बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको प्रहरीले जनाएको छ ।

तीन दिनअघि दुई थान मूर्ति बरामद गर्नुका साथै तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । चन्दननाथ मन्दिरबाट एक दाहिने शंखसहित २१ थान मूर्ति चोरी भएका थिए ।


  •  
  •  
  •