संकटा २–१ ले विजयी

571
  •  
  •  
  •  

काठमाडौं, १५ मंसिर (ओएनएस) । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा सीएमजी क्लब संकटाले भ्याली च्यासल युवा क्लबलाई २–१ ले पराजित गरेको छ ।

एपीएफ रंगशालामा भएको खेलमा संकटाका लागि अमित तामाङले २२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । संकटका फरवार्ड सेड्रिक अबाले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रस च्यासलका छिरिङ गुरुङले हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

अमितले पेनाल्टीलाई गोलमा परिणत गर्दै संकटालाई खेलमा अगाडी बढाए ।
दोस्रो हाफको सुरुवाती समयमा संकटाले अग्रता दोब्बर पारेको थियो । एलोन म्याक्सवेलले ४९ औं मिनेटमा गोल गरे ।

नितिन थापाको क्रसलाई गोलमा परिणत गर्दै उनले दुई गोलको अग्रता बनाए । च्यासलले खेलको ३ मिनेटसमय बाँकी रहँदा गोल फर्कायो ।

सन्तोष साहुखललाई सरोज दाहालले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले च्यासल लाई पेनाल्टी दिएका थिए । सन्तोषले पेनाल्टीमा गोल गर्दै संकटाको अग्रता घटाए । थप समयमा गोल गर्न नसक्दा च्यासलले लगातार हार बेहोरेको हो ।

संकटा यस जितसँगै अंक तालिकामा ५ खेलमा १२ अंक जोड्न सफल भएको छ ।


  •  
  •  
  •