बुटवल र दाङमा शंकास्पद वस्तु भेटियो

353
  •  
  •  
  •  

बुटवल, ३० फागुन(ओएनएस) : रुपन्देहीको बुटवल र दाङमा शंकास्पद वस्तु फेला परेको छ ।

बुटवल बेलहिया सडकखण्डको बुटवल उपमहानगरपालिका–११ स्थित कालिका चोकमा रहेको ट्राफिक बेरिकेडमाथि नै शंकास्पद वस्तु फेला परेको हो ।

बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्फोजल टोली घटनास्थल पुगेको र सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–५ बिपि चोक नजिकै एक कपडा पसल बाहिर पनि शंकास्पद वस्तु भेटिएको छ । सो वस्तुलाई इलाका प्रहरी कार्यालय, तुलसीपुर प्रमुख प्रेम शाहीको टोलिले नियन्त्रणमा लिएको छ । शंकाष्पद वस्तु भेटिएपछि बुटवल र तुलसीपुर दुबै स्थानको जनजिवन सशंकित बनेको छ ।

नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेको दिनमा शंकाष्पद वस्तु भेटिनुले यस कार्यमा सोही पार्टी संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेके छ ।


  •  
  •  
  •