काठमाडौं स्युचाटारमा शंकास्पद वस्तु भेटियो

330
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन(ओएनएस) : काठमाडौंको नागार्जुन नगरपालिका–१०, कमलपोखरीस्थित स्युचाटारमा आइतबार शंकास्पद वस्तु भेटिएको छ ।

फाइल तस्बिर

प्रहरीले प्रेसर कुकुर बम भएको हुनसक्ने आशंका गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले खुला स्थानमा गाडेको अवस्थामा प्रेसर कुकुर जस्तो देखिने वस्तु भेटिए बताए ।
लगत्तै, प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरिसकेको उनको भनाइ छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •