एसएलसीकाे बेला परिक्षा केन्द्रमै सेनीटरी प्याड

192
  •  
  •  
  •  

महोत्तरी, ३ चैत्र (ओएनएस)  :  यही चैत्र ५ गतेबाट सञ्चालन हुने प्रवेशिका परीक्षामा छात्रालाई पर्न सक्ने समस्यालाई लक्षित गर्दै महोत्तरीको २५ वटै परीक्षा केन्द्रमा सेनीटरी प्याडको व्यवस्था गरिएको छ ।

जिल्ला बालकल्याण समितिले प्रत्येक परीक्षा केन्द्रमा तत्काललाई दुई–दुई वटा सेनीटरी प्याडको पोका जिम्मा लगाएको बाल संरक्षण अधिकृत केआर विजयले बताए । एउटा पोकामा १० वटा प्याड रहेको हुन्छ ।

प्रत्येक परीक्षा केन्द्रमा एक जना शिक्षक महिलालाई फोकल व्यक्तिको रुपमा तोकेर सेनीटरी प्याड आवश्यकता पर्ने छात्रालाई उपलब्ध गराउने व्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ महोत्तरीबाट यसबर्ष १० हजार

पाँच सय ७४ जना विद्यार्थीले प्रवेशिका परीक्षामा सहभागी छन् । जसमध्ये झण्डै ६० प्रतिशत छात्रा छन् ।


  •  
  •  
  •