लाहान र विरेन्द्रनगरमा शाखा खोल्दै सानिमा

73
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस) ः सानिमा विकास बैंक लिमिटेडले आइतवार लाहान र विरेन्द्रनगरमा नयाँ शाखा स्थापना गर्ने भएको छ ।

बैंकले उपभोक्ताको सुविधालाइ ध्यानमा राखि ती स्थानहरुमा शाखा स्थापना गर्न लागेको बताएको छ । साथै बैंककले शुक्रवारदेखि देशका ६ स्थानमा आफ्नो शाखा विस्तार गरेको छ ।

विर्तामोड,धरान,इटहरी,जनकपुर,कलैया र शिद्धार्थनगरमा नयाँ शाखा स्थापना गरेको हो । पूर्वाञ्चलमा स्थापना गरिएको शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले उद्दघाटन गरे । सवै शाखाबाट सम्पूर्ण वैंकिङ सुविधा प्रदान गरिने बताएको छ ।

गत असारसम्म बैंकले २४ अर्व ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । सो अवधिका बैंकले ४५ करोड ३८ लाख खुद नाफा कमाएको थियो ।


  •  
  •  
  •