काठमाडौं ८ पुस । सानिमा बैंकले बैंकिङ सुविधाका साथ ललितपुर सातदोबाटोमा शाखा खोलेकोे छ । सातदोबाटो सेल्स बेरी डिपार्टमेन्ट स्टोर भवनमा रहेको सो शाखाको उद्घाटन सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका सञ्चालकद्वारा संयुक्त रूपमा भयो । सो अवसरमा मह जोडीले सो शाखा सञ्चालनका लागि बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकका रूपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
सानिमा बैंकका सञ्चालक भरतबहादुर थापा तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस शाखाबाट पनि ग्राहकहरूलाई गुणस्तरीय सेवा पुयाउने प्रतिबद्धता व्यक्त गरे । बंैकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३७ शाखा रहेका छन् ।