नयाँ वर्षमा सानिमा बैंकको ‘नयाँ रहर, नयाँअफर’ योजना

493
  •  
  •  
  •  

काठमाडौं । नयाँवर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “नववर्ष २०७८, नयाँ रहर, नयाँअफर योजना” सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथाक्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामानखरिद गर्दा विशेष छुट दिने भएको हो ।

यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा १५% वाअधिकतम् रु १,००० सम्मको छुट प्राप्तगर्न सक्नुहुनेछ भने क्रेडिट कार्ड प्रयोग गरी सामानखरिद गर्दा २०% वाअधिकतम् रु १,५०० सम्मको छुट प्राप्तगर्न सक्नुहुनेछ। यो योजना २०७७ चैत्र २९ देखि २०७८ वैशाख७गतेसम्मलागू हुनेछ । उक्त सम्झौतापत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका हुन् ।
सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदनदिन सकिन्छ ।


  •  
  •  
  •