सांग्रिलाले ल्यायो ४ नयाँ खाना

376
  •  
  •  
  •  

काठमाडौ, २१ साउन(ओएनएस) : सांग्रिला होटलले चार प्रकारको नयाँ खाना बिहिबारबाट लञ्च गरिएको छ । पत्रकार सम्मेलनगरी होटलले सो खाना लञ्च गरिएको हो ।
विभिन्न देशहरुमा कुक क्षेत्रमा काम गरि सक्नु भएको महेश राज ढकालले नयाँ चार प्रकारको खाना बनाएको हो ।

3

पहिलो खानामा पोलेको माछासँग आलुको ढिडो र अमिलो केसरी अचार, दोस्रो कुखुराको स्प्रिङ रोलसँग खुस खुसमा अनार र अवगार्डोको अचार, तेस्रोमा पोलेको मासुँग अचार रहेका छन् । यसैगरी सिन्कामा उनेको माछासँग आँपको अचार रहेका छन् ।

1

विशेषगरी अमेरिकन तथा युरोपियन पर्यटकको लागि सो खानाको परिकार बनाएको वरिष्ठ कुक महेशराज ढकालले जानकारी दिए । ढकालले भने ‘ होटलमा विदेशी पर्यटकले खानामा नयाँ टेष्ट खोज्ने गरेको हुँदा आफूले विश्वका उत्कृष्ट कुकहरुसँग प्रतिस्पर्धा गर्दा बनाएको खाना बनाएको छु ।’

भूकम्प पछि पर्यटन क्षेत्र सुस्ताए पनि सांग्रिलामा भने प्रत्यक्ष असर नपुगेको सहायक प्रबन्धक बबिता पाण्डेल पत्रकार सम्मेलनमा जानकारी दिए । यसैगरी मार्केटिङ म्यानेजर फुर्वा खाम्बाचे शेर्पाले विभिन्न स्रोत साधनको उपयोग गर्दै नयाँ टेष्टको खाना तयार गरेको जानकारी दिए ।


  •  
  •  
  •