बागेश्वरी र सांग्रिला बैंक गाभिए

371
  •  
  •  
  •  

काठमाडौं,३१असार(ओएनएस) । बागेश्वरी डेभलपमेण्ट बैंक र सांग्रिला डेभलपमेण्ट बैंक गाभिएका छन् । दुई वैंक गाभिएर सांग्रिला डेभलपमेण्ट वैंक लिमिटेड बनेको हो ।

गाभिएपछि उक्त बैंकको चुक्ता पुँजी ६४ करोड रुपैयाँ पुगेको बताइएको छ ।

सांग्रिला डेभलपमेण्ट बैंकको नेपालगञ्जमा र बागेश्वरी डेभलपमेण्ट बैंकको पोखरामा केन्द्रीय कार्यलय थियो । बैंकले मर्जर पश्ताच आफ्नो कर्पोरेट कार्यालय काठमाडौंको न्युरोडमा राख्ने बताएको छ ।

बैंकको निक्षेप  ६ अर्व ४४ करोड ,कर्जा लगानी ५ अर्व १५ करोड रहेको छ ।


  •  
  •  
  •