निर्वाचन क्षेत्र निर्धारण सच्याउन फोरम नेपालको माग

250
  •  
  •  
  •  

Upendra-Yadav

काठमाडौं, १६ भदौ (ओएनएस) : संघीय समाजबादी फोरम नेपालले भर्खर निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सच्याउन माग गरेको छ ।

फोरमले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

अहिलेको आयोगको प्रतिवेदनअनुसार संविधान बमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहसनहस पारेको, मधेसीबाहुल्य क्षेत्रलाई टुक्राटुक्रा गरि गैरमधेसी बहुल क्षेत्रमा गाभ्ने काम गरेर मधेसी समुदायमाथि पूर्ण रुपमा विभेद गरिएको विज्ञप्तिमा जनाइएको छ । प्रतिवेदन विभेदकारी, आपत्तिजनक र त्रुटिपूर्ण रहेको फोरम नेपालको निश्कर्ष छ ।

५१ प्रतिशत जनसंख्या रहेको तराई मधेसमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहको आधारमा मधेसमा गैरमधेसी समुदायको बर्चश्व कायम हुने गरि क्षेत्र निर्धारण गरेको आरोप लगाइएको छ ।

पहाडी, हिमाली क्षेत्रमा पनि आदिबादी, जनताति समुदायको प्रतिनिधित्व समुदायलाई न्युन गर्ने षड्यन्त्र भएको भन्दै आपत्ति जनाइएको छ । आयोगले स्वतन्त्र, निष्पक्ष र विभेदरहित ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेमा नेपाली कांग्रेसको स्वार्थपूर्ति हुने गरी क्षेत्र निर्धारण गरिएको विज्ञप्तिमार्फत आरोप लगाइएको छ ।

foram-nepal


  •  
  •  
  •