संघीय फोरमद्वारा बाँकी २९ स्थानीय तहका उम्मेदवारको सूची सार्वजनिक

160
  •  
  •  
  •  

Upendra-Yadav
काठमाडौं, १९ भदौ (ओएनएस) : संघीय समाजवादी फोरमले दोस्रो चरणमा २९ स्थानीय तहका उम्मेवारहरुको सूची सार्वजनिक गरेको छ।

पार्टीले प्रदेश नम्बर २ का बाँकी स्थानीय तहका उम्मेद्वारहरुको सूची सार्वजनिक गरेको हो । प्रदेशका अन्य स्थानीय तहका उम्मदेवारहरुको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ ।

सार्वजनिक गरिएको सूचीअनुसार जनकपुर उपमहानगरपालिकाको मेयरमा विष्णुदेव साह उपमेयरमा रीताकुमारी यादवलाई टिकट दिइएको छ ।

महोत्तरीको गौशाला नगरपालिकाको मेयरमा रामकुमारी महतोले टिकट पाएकी छिन् भने उपमेयरमा रमेशकुमार यादव उम्मेदवार बनेका छन् । सिराहाको मिर्चैया नगरपालिकाको मेयरमा जामुन यादवले टिकट पाएको संघीय फोरमले जनाएको छ ।

sanghiya forum

sanghiya f


  •  
  •  
  •