संघीय गठबन्धनको जनप्रदर्शन मंसिरभर

152
  •  
  •  
  •  

काठमाडौँ, ६ मंसिर(ओएनएस) : तराईमा आन्दोलनमा रहेको मधेसी मोर्चाका केही दल र जनजातिका केहि दलले मंसिर महिनाभर देशका विभिन्न स्थानमा जनप्रदर्शन र सभा गर्ने घोषणा गरेका छन् ।

आज बसेको संयुक्त मधेसी मोर्चाका ४ दल र थरूहट तथा ४ जनजाति केन्द्रित पार्टीको बैठकले राजधानी लगायत देशभरका विभिन्न स्थानमा प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बिजुलीबजारमा बसेको बैठकले तराई मधेस/थरुहटमा पहिचान र अधिकारका लागि भएको आन्दोलन सय दिन पुगेको सन्दर्भमा सहिदहरुको सम्मानमा मंसिर ७ गते मौन धारण र श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ ।

sanghiya-aliance-to-protest


  •  
  •  
  •