‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन

59
  •  
  •  
  •  

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय गरेको थियो ।

सोमबार सोही विषयमा छलफलका लागि समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बैठकमा बोलाएको थियो । छलफलपछि समितिले नेपाल मात्र लेख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका थिए । नयाँ संविधान जारी गर्दा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको उनको भनाइ थियो ।

उनका अनुसार नयाँ संविधान जारी गरेपछि औपचारिक रुपमा नेपालको नाम नै परिर्वतन गर्ने निर्णय भएको छ कि भनेर खोजी पनि गरिएको थियो । तर देशको नाम परिर्वतनबारे कुनै निर्णय नभएको र संविधानमा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नभनिएको उनको भनाइ थियो ।

त्यस्तै बैठकमा सांसदहरू विजय सुब्बा र नवराज सिलवालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासन पद्धति भएको भन्दै देशको आधिकारिक नाममा यी शब्द समावेश गर्न उचित नभएको तर्क गरेका थिए ।


  •  
  •  
  •