प्रदेश नं ५ को समृद्धि नै मेरो एजेण्डा : नेता पोखरेल

303
  •  
  •  
  •  

काठमाडौ,१५ मंसिर : नेकपा एमालेका नेता तथा बाम गठबन्धन दाङ क्षेत्र नं २ क का उम्मेदवार शंकर पोखरेलल प्रदेश नं ५ को समृद्धि नै आफ्नो एजेण्डा भएको वताएका छन् ।

प्रदेश नं ५ मा खानेपानी,सिचाई र पहाडी जिल्ला जोड्ने सडक संञ्जाल नभएका कारण विकासका पूर्वाधारहरुलाई पहिलो प्राथमिकतामा रहेको उनले वताए । आफ्नो एजेण्डामा दाङलाई ५ नम्वर प्रदेशको राजधानी वनाउने ,अन्तरप्रदेशीय सडक सञ्जालमा विकास गर्ने,पर्यटन विकास र स्वरोजगारलाई समेत प्राथमिकता राखेको वताए ।

दाङको विकासका लागि विज्ञहरुको टोली गठन गरी विकास सम्भाव्यताको अध्यन गरेको वताएका छन् । विकासका लागि आफूले अप्पर तामाकोशी, कर्मचारी संजय कोष आफ्नै पहलमा अघि सारेको बताए । रिपोर्टस क्लब दाङले गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले देउवा नेतृत्वको सरकारमा जनताले दुख पाएकाले बाम गठबन्धनले जितेमा जनताले रुन नपर्ने बताए ।

वाम गठबन्धनले जीतेपछि मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवाद पुरा हुने वताए । केपी ओलीको नेतृत्वमा निर्वाचन पछि नया सरकार बन्ने पोखरेलले बताए छन् ।


  •  
  •  
  •