संक्रमणकालका केही विकृत अझै कायम रहेकाे : प्रधानमन्त्री ओली

239
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न चरणको निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत अझै कायम रहेकोले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती रहेको बताए।

प्रधानमन्त्री ओलीले चुनौती भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु प्रयत्नशील रहने बताए ।

राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

त्यस्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने समेत बताएका छन् । उनले सम्बन्धित दलहरुसँग छलफल चलिरहेकोले चाँडै सरकारले पूर्णता पाउने बताए ।


  •  
  •  
  •