सागांकाराले तोडे सचिन र पोन्टिङको रेकर्ड

165
  •  
  •  
  •  

kumar-sangakkaraकाठमाडौ, १९ पुस(एजेन्सी) : श्रीलंकाली ब्याटस्म्यान कुमार सांगाकारा टेष्ट क्रिकेटमा १२ हजार रन पुरा गर्ने पाँचौ ब्याटस्म्यान बनेका छन् । ३७ सालको ब्याटस्म्यानले यो उपलब्धी न्युजिल्याण्डविरूद्ध वेलिङ्गटनमा भइरहेको दोस्रो टेष्ट म्याचमा शनिबाट प्राप्त गरेका हुन् ।

सांगाकाराले टेष्ट क्रिकेटमा सबैभन्दा चाँडो १२ हजार पुरा गर्ने क्रिकेटर बनेका छन् । उनले यो उपलब्धी २ सय २४ पारीमा हासिल गरेका हुन् । उनले यस उपलब्धी प्राप्त गर्नका लागि सचिन तेन्दुलकर र रिकी पोन्टिंगलाई २३ टेष्ट पारी पछाडि पारेका छन् । टेष्टमा सबैभन्दा धेरै रन बनाउने ब्याटस्म्यानको लिष्टमा सचिन तेन्दुलकर रहेका छन् । उनले २ सय टेष्टमा १५ हजार ९ सय २१ रन जोडेका छन् ।

सांगाकाराले ट्रेट बोल्टको बलमा शनिबार २ रन बनाएर सांगाकाराले १२ हजार रन पुरा गरेका थिए । न्युजिल्याण्ड विरूद्ध श्रीलंका दुई टेष्ट म्याचको सीरिज खेलिरहेको छ । सीरिज सुरू हुँदा सांगाकारा ११ हजार ९ सय ८८ रनमा खेलिरहेका थिए ।


  •  
  •  
  •