सांगाकाराले तोड्ने भए सचिनको रेकर्ड !

134
  •  
  •  
  •  

India v Sri Lanka - 2011 ICC World Cup Finalकाठमाडौ, २१ कात्तिक (एजेन्सी) : मास्टर ब्लाष्टरको नामले चिनिने भारतका धुरन्धर क्रिकेटर सचिन रमेश तेन्दुलकरको नाममा धेरै रेकर्डहरू रहेका छन् । उनका ती रेकर्डहरू तोड्ने कल्पना समेत गर्न नसक्ने खालका छन् । तर, उनको एक रेकर्ड भने तोडिन सक्ने सम्भावना बढ्दै गएको छ ।

उक्त रेकर्ड तोड्ने सम्भावना भएका खेलाडी भने श्रींलंकाका कुमार सांगाकारा हुन् । सांगाकाराले सचिनले बनाएको ९६ अर्धशतकको रेकर्ड तोड्न सक्ने सम्भावना बढ्दै गएको छ । सचिनले एकदिवसीय क्रिकेटमा ९६ अर्धशतक जोडेका थिए । यता सांगाकाराले बिहिबार भएको भारतविरूद्धको खेलमा अर्धशतक प्रहार गर्दै सचिनको रेकर्ड तोड्न सक्ने सम्भावनालाई बढाएका छन् । सांगाकारा सचिनभन्दा मात्र ९ वटा अर्धशतकले पछाडि छन् । उनले बिहिबारको खेलमा ८७ औ अर्धशतक प्रहार गर्दै सचिनको नजिक पुगेका हुन् । यसअघि उनी ज्याक कालिससँगै अर्धशतकको दोस्रो स्थानमा थिए । ज्याक कालिस र सांगाकारा दुवै ८६ अर्धशतकका साथ दोस्रो स्थानमा थिए ।

हुन त सांगाकाराको क्रिकेट करिअर पनि अन्तिम अवस्थामा नै छ । उनले आगामी विश्वकप क्रिकेट २०१५ पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने निश्चितप्राय नै छ । उनले यसअघि नै टि-२० र टेष्ट क्रिकेटबाट सन्यास लिइसकेका छन् । यता उनका प्रशंसकहरूले भने सकेसम्म सचिनको उक्त रेकर्ड तोडेर बिदा लिएको हेर्न चाहन्छन् ।


  •  
  •  
  •