क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दियाे

130
  •  
  •  
  •  

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएकाे  छ ।

मंगलबार बिहान अन्तर्वार्ताका लागि पुगेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । तर दिउँसो फेरि बोलाएपछि सन्दीप दूतावास पुगेका थिए ।

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए ।

तर, भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका थिए ।

आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका छन् ।

सन्दीपले ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि मेन्सन गरेका थिए । उनले अमेरिकी राजदूत र दूतावासलाई पनि ट्विटमा मेन्सन गरेका थिए । सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म हुँदैछ ।

यो पनि हेर्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा


  •  
  •  
  •