लेग स्पिनर सन्दीप बार्बाडाससँग अनुबन्धित

186
  •  
  •  
  •  

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पीनर सन्दीप लामिछानेले क्यारिबियन प्रिमियर लिग (सीपीएल) लगातार दोस्रो सिजन खेल्ने भएका छन् ।

बुधबार राती लन्डनमा भएको ड्राफटमा बार्बाडस ट्राइडेन्टसले सन्दीपलाई अनुबन्धित गरेको हो ।
बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।

ड्राफ्टमा कुल ५ सय ३६ खेलाडी रहेका थिए । जसमा ६ टोलीले १७÷१७ खेलाडी गरि कुल १ सय २ जनालाई अनुबन्ध गरेका छन् ।

सन्दीप बाहेक नेपाली अन्य तीन युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेललाई भने ड्राफ्टमा कुनै टोलीले अनुबन्ध गरेनन् ।

त्यस्तै अफगानिस्तानका लेग स्पिनर तथा टी ट्वान्टी क्रिकेटका नम्बर वान बलर राशिद खानलाई पनि कुनै पनि टोलीले अनुबन्ध गरेनन् ।

राशिद खान यूरो टी ट्वान्टी सलाम २०१९ प्रतियोगिताको मार्की तथा आईकन खेलाडी हुनुको साथै यी दुई प्रतियोगिता जुधेको कारण कुनै टोलीले नभित्र्याएको अनुमान गरिएको छ ।

युरो टी ट्वान्टी प्रतियोगिता आगामी अगष्ट ३० देखी सेप्टेम्बर २२ सम्म आयरल्यान्ड, नेदरल्यान्ड र स्कटल्यान्डमा हुनेछ । यस संस्करणको सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ ।
अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप उदीयमान प्रतिभा समेत घोषित भएका थिए ।


  •  
  •  
  •