आइपिएल क्रिकेट : सन्दीपले लगातार चौथो खेल खेल्दै

561
  •  
  •  
  •  

काठमाडौं, २४ चैत(ओएनएस) : आइपिएल क्रिकेट अन्तर्गत नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार चौथो खेल खेल्दैछन् ।

दिल्ली क्यापिटल्सले सन्दीपलाई रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा पहिलो ११ मा राखेको हो ।
बैंग्लोरको घरेलु मैदानमा हुने खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

दिल्लीको टिममा पृथ्वी शा, शिखर धवन, श्रेयर इयर, रिशव पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, राहुल टेवाटिया, अक्षर पटेल, कागिसो राबाडा, इशान्त शर्मा, सन्दीप लामिछाने रहेका छन् ।
सन्दीपले सुरुवाती २ खेलमा मौका पाएका थिएनन् । पछिल्लो ३ खेल खेल्दै उनले ४ विकेट लिइसकेका छन् ।

सन्दीपले तेस्रो खेलमा कोलकाता नाइटराइडर्सविरुद्ध १ र चौथो खेलमा किंग्स इलावेन पञ्जावविरुद्ध २ विकेट लिएका थिए । हैदरावादविरुद्धको अघिल्लो खेलमा उनले १ विकेट लिएका थिए ।


  •  
  •  
  •