बंगलादेश प्रिमियर लिग : चित्तागोंग विरूद्द सन्दीपको किफायती बलिङ

56
  •  
  •  
  •  

काठमाडौं । बंगलादेश प्रिमियर लिग(बिपिएल)को दोस्रो खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले चित्तागोंग भाइकिंग्सविरुद्ध धारिलो बलिङ गरेका छन् । तर सन्दीपले विकेट भने लिन सकेनन् ।

सन्दीपले ४ ओभरमा २१ रन खर्चेदै कसिलो बलिङ गरेपनि विकेट भने हात पार्न सकेनन् ।  सन्दीपलाई कप्तान डेविड वार्नरले ७ औं ओभरका बलिङ गर्न ल्याएका थिए ।

पहिलो ओभरमा सन्दीपले तीन बल डटसहित मात्र ४ रन खर्चिए । १२ औं ओभरमा सन्दीपले ३ रन मात्र खर्चेका छन् । जस्मा तीन डट र तीन रन सिंगल थियो ।

१४ औं ओभरमा सन्दीपले ५ रन खर्चिए । जुन सबै सिंगलनै रन थियो । त्यस्तै सन्दीपले १६ ओभरमा ९ रन खर्चदै आफ्नो बलिङको कोटा सकाए ।
अन्तिम बलमा सिकन्दर राजाले चौका प्रहार गरेपछि अन्य ओभरको तुलानामा अलि बढि रन खर्चिए । सिलहेट सिक्सर्सलेले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याएको चित्तागोंगले १६ ओभरमा १सय १८ रन जोड्न ५ विकेट गुमाएको छ ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सिक्सर्सले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन जोडेको थियो ।
सुरुवाती ६ रन जोड्न ३ विकेट गुमाएको सिक्सर्सको पाली डेविड वार्नर, अफिफ हुसैन र निकोलस पुरनले समालेका थिए । वार्नरले ४७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५९ रन जोडे ।

त्यस्तै अफिफ हुसैनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४५ रनको योगदान दिए ।  पुरनले ३२ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५२ रनमा अविजीत रहे ।

अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । उसका लागि रोबी फ्राइलिनकले ३, खलिद अमिद र नईम हसनले समान एक विकेट लिए । सन्दीपले पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए ।

एजेन्सी


  •  
  •  
  •