गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सन्दीपले ७० हजार दिने

47
  •  
  •  
  •  

काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछानेले धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला सहयोगमा लागि ७० हजार ७ सय ८४ रुपैंयाँ दिने भएका छन् ।

उनले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोगको घोषणा गरेका थिए ।

उनले अमेरिकासँगको पहिलो खेलमा २ र बुधबार भएको दोस्रो खेलमा ६ विकेटसहित सन्दीपले ८ विकेट बराबरको घोषित रकम प्रदान गर्ने भएका हुन् । उनले ओमानसँगको दुवै खेलमा भने विकेट लिन सकेनन् ।

अमेरिकाबिरुद्ध बुधबार सन्दिपले अन्तर्राष्ट्रिय करिअरमा उत्कृष्ट बलिङ गरे । उनले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए ।


  •  
  •  
  •