टी १० लिग क्रिकेटमा सन्दीप लामिछाने आवद्ध टसकर्स ३२ रनले पराजित

90
  •  
  •  
  •  

काठमाडौं । टी १० लिग क्रिकेटमा सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्स ३२ रनले पराजित भएको छ ।
युएईमा जारी खेलमा क्वालन्दर्सले दिएको १३१ रनको लक्ष्य पाएको कर्नाटकका निर्धारित ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्रै जोड्यो ।

नेपालका सन्दीप लामिछानले पहिलो पटक टी १० मा ब्याटिङ गर्ने मौका पनि पाए । सन्दीपले ७ बल सामना गर्दा ५ रन बनाएर आउट भएका थिए ।

बलिङ तर्फ उनले आफ्नो स्पेलमा ३० रन खर्चिएर २ विकेट लिए । कर्नाटकाका लागि रेन टेन डोट्सले सर्वाधिक २५ रन बनाउँदा जोनशन चार्लेसले २४ रनको योगदा दिएका थिए ।

कर्नाटकालाई रोक्ने क्रममा सुल्तान अहमद र जर्ज ग्राटोनले दुई दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको क्वालन्दर्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो ।

क्वालन्दर्सका लागि टम बेनटनले सर्वा्धिक ८० रन बनाउँदा लरी इवान्सले १७ रनको योगदान गरे । कर्नाटकाका सन्दीपसँगै अहमद रजाले दुई दुई विकेट लिएका थिए।


  •  
  •  
  •