क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

115
  •  
  •  
  •  

काठमाडौं । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । कागजी प्रक्रिया सबै पूरा गर्दा पनि नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको सन्दीपले ट्विट गर्दै जानकारी गराएका छन् ।

विश्वका थुप्रै फ्रेन्चाईज लिग खेलिसकेका सन्दीप यसपटक सिपएल खेल्नका लागि जान भिसाका लागि आवेदन दिएका थिए ।

काठमाडौंमा रहेको अमेरिकन दूतावासले भिसा दिन अस्वीकार गरेको हो । सामाजिक सञ्जाल ट्वीटरमा सन्दीपले अमेरिकन दूतावासले भिसा नदिएको घटनाले आफू आश्चर्यमा परेको बताएका छन् । सन्दीप सोमबार मात्रै ग्लोबल टी २० क्यानडा खेलेर काठमाडौं फर्किएका थिए ।

सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म हुँदैछ ।


  •  
  •  
  •