सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

392
  •  
  •  
  •  

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पुर्जी जारी गरेको हो । १६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपले होटल काठमाडौं इनमा लगेर आफुमाथि दुई पटक बलात्कार गरेको ती किशोरीको आरोप छ ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेज प्रहरीले संकलन गरिसकेको छ । जसमा सन्दीप किशोरीसँग देखिएका छन् । फुटेजमा उनीहरू राति ११ः४५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः५५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।

सन्दीप यति बेला क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।


  •  
  •  
  •