छोराछोरी सहित भिडियोमा देखिइन संचिता (भिडियोसहित)

410
  •  
  •  
  •  

काठमाडौं ७ साउन (ओएनएस): नेपाली सिनेमामा चल्तिकी अभिनेत्रीको दर्जा पाउदै गर्दा संचिता लुईटेलले दोस्रो विवाह गरिन् । पहिलो सम्बन्धलाई किनारा लगाउदै उनी अभिनेता निखिल उप्रेतीसँग जोडिन पुगिन्, त्यो पनी दोस्रो श्रीमती बनेर । विवाह लगत्तै अभिनयमा संचिता देखिन छाडिन् । छोरा जन्मिए, फेरी छोरी जन्मिन् । छोरा स्कुल जाने भए, संचिता छोरीसँग घरमा खेल्नमा व्यस्त भइन् ।

sanchita 22कान्तिपुर साप्ताहिकका पत्रकार बिदुर खतिवडाको निर्देशनमा संचिता र उनका दुई छोराछोरीले अभिनय गरेकाछन् । निश्चल दाहालको शब्द र संगितमा संचिताका छोरा आर्थव र छोरी सहिसाले अभिनय गरेकाछन् । ‘आमा’ को महिमा माथि तयार पारिएको गीत आमा खुवाउने औषी अर्थात आउदो बैशाख १६ गतेका दिन सार्वजनिक गरिने बताइएको छ ।

एउटा बच्चाको जीवनमा आमाको महत्वलाई दर्शाउदै तयार पारिएको भिडियोमा संचिताले खुलेर अभिनय गरेकीछन् । लामो समय क्यामराबाट टाढिदाको धङधङीलाई उनले भिडियो मार्फत पुरा गरेको देखिन्छ ।


  •  
  •  
  •