‘पत्रकार’ र ‘आमा’ बन्दै संचिता फर्किइन अभिनयमा

120
  •  
  •  
  •  

अभिनेत्री संचिता लुइटेल अभिनयमा फर्कने भएकीछन् । निखिल उप्रेतीसँगको वैवाहिक सम्बन्धपछि नेपाली फिल्मबाट टाढीएकी संचिता दुई छोराछोरीकी हुर्काएपछि अभिनयमा फर्कन लागेकीहुन् ।

विकास आचार्यले निर्माण गर्ने फिल्म ‘नाई नभन्नु ल ३’ मार्फत उनी अभिनयमा फर्कन लागेकी हुन् । फिल्ममा संचिता आमाको भूमिकामा देदिनेछन् भने उनको छोराको भूमिकामा अनुभव रेग्मीले अभिनय गर्नेछन् ।

फिल्ममा संचिता र अनुभवका साथमा सुरज सिंह ठकुरीले अभिनय गर्नेछन् । बसन्त सापकोटाको संगीत रहेको यो फिल्मको अहिले संगीत रेकर्डिङको काम चलिरहेको छ । त्यस्तै राम घिमीरेको निर्देशनमा बन्न लागेको ‘सखार’ फिल्ममा समेत संचिता पत्रकारको भूमिकामा देखिने पक्का भएको हो ।

पाचँ बर्षको ग्यापपछि अभिनयमा फर्कन लागेकी संचिता यतिबेला फिटनेश सेन्टरमा शरिर बनाउन व्यस्तछिन् । ‘फेरी अभिनयमा फर्कन पाउदा खुसी छु । दर्शकले फेरीपनि मलाई रुचाउनुहोला भन्नेमा ढुक्क छु ।’ भन्दै संचिताले थपिन्, ‘छोराछोरी हुर्किय अब पो फुर्सदिलो अनुभव गर्दैछु ।’


  •  
  •  
  •