सञ्चारकर्मी र उत्कृष्ट विद्यार्थी सम्मानित

113
  •  
  •  
  •  

काठमाडौं १७ साउन (ओएनएस) : सन्सारी युथ फाउण्डेसन पुरानो नैकापले पाँच सञ्चारकर्मि र एसएलसीमा उत्कृष्ट विद्याथीलाई एक कार्यक्रमको बीच सम्मान गरेको छ ।
सम्मानित हुने सञ्चारकर्मीमा शिव अधिकारी, चलचित्र पत्रकार कुवेर गिरी, राष्ट्रिय समाचार समितिका बासुदेव पौडेल, एबिसि टेलिभिजनका रविन्द्र पौडेल, नयाँ पत्रिका दैनिकका प्रविण देवकोटा रहेका छन् ।

त्यस्तै बिद्यार्थीतर्फ उत्कृष्ट नतिजा ल्याएका कृपा अधिकारी, प्रज्वल घले, विनिता तिवारी लगायतका १० जना रहेका छन् ।
सम्मान कार्यक्रममा अर्थमन्त्रालयका उपसचिव केदार पनेरुले नैकापको विकासका लागि अर्थमन्त्रालयले नयाँ आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राखेको बताए ।

कार्यक्रमा वक्ताहरुले राजधानीभित्रै विकासका सामान्य अवसरबाट पनि बञ्चित हुनु परेको काठमाडौं पुरानो नैकापका स्थानीयले गुनासो गरेका थिए ।  फाउण्डेसनका अध्यक्ष राकेश खत्रीले स्थानीय विकासमा युवाहरुको पहुँच पुग्नु पर्ने स प्रत्यक्ष सहभागीता हुनु पर्ने बताए ।

सञ्चारकर्मी एवं भरोसा नेपालका अध्यक्ष शिव अधिकारीले आगामी पुस्तालाई सहि मार्ग देखाउने काम सञ्चारकर्मीहरुको भएको र विकासका समाचारलाई मिडियाले प्राथमिकता राख्नु पर्नेमा जोड दिए । यसैगरी, राष्ट्रिय समाचार समितिका सञ्चारकर्मी बासुदेव पौडेलले पत्रकारिताले सकारात्मक सन्देश दिएर आशा जगाउने बेला आइसकेको जानकारी दिए ।


  •  
  •  
  •