साना किसान सम्मेलन आगामी आइतवारदेखि

166
  •  
  •  
  •  

काठमाडौं ११ कात्तिक(ओएनएस) : साना किसान सम्मेलन २०१४ आगामी आइतवारदेखि हुने भएको छ । गरिब तथा विपन्न वर्गको उन्नतीको लागि स्थानियस्तरमा साझा संस्था निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको सम्मेलन आयोजना मुल समितिका अध्यक्ष श्रीकृष्ण उपाध्यायले बताए ।

स्थानिय स्तरका सहभागी किसानहरुको गरिबी न्युनिकरणको लागि यस्तो संस्थाको स्थापना गर्न लागेको हो ।
सम्मेलनमा कृषि शिक्षा, उत्पादन, बजारीकरणको समष्टिगत प्रक्रियामा किसानहरुलाई कसरी सघाउने बिषय छलफल गरिने बताइएको छ ।

१ हजार सहभागीको उपस्थिती रहने यो सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा ७ सय ४० जना साना किसान सहकारी संस्थाका प्रतिनीधिहरु रहने छन । सम्मेलन अवधिभर १४ वटा सत्रमा बिभिन्न वियषका २४ कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

लघुवित्त क्षेत्रहरुले प्रवाह गरेको कर्जाको दोहोरोपना हटाउन, साझेदार संस्थाहरु बीच समन्वय गराउन, नीतिगत जटिलताहरु समाधान गर्ने बिषयमा सम्मेलन केन्द्रित हुने छ । छलफलबाट निस्कने निष्कर्षको आधारमा संयुक्त घोषणा पत्र तयार गरिने बताइएको छ ।

सम्मेलनले हालसम्मको अवस्थाको समिक्षा र भावी दिशा पहिल्याउने साना किसान बिकास बैंकका प्रमूख कार्यकारी अधिकृत जलनकुमार शर्माले बताए ।

सम्मेलनमा बिभिन्न मन्त्रालय, सरोकारवाला निकाय, नेपाल राष्ट्र बैंक, बिभिन्न बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था र साना किसान कृषि सहकारी संस्था र अन्तराष्ट्रिय स्तरका सहयोगी निकाय लगायतको उपस्थिती रहने छ ।


  •  
  •  
  •